समाज

जुवा खेल्ने एघार पक्राउ

काठमाडौं– महानगरीय प्रहरी प्रभाग बूढानीलकण्ठले जुवा खेलिरहेको अवस्थामा ११ जनालाई पक्राउ गरेको छ।

बूढानीलकण्ठ नगरपालिका–४ भसमथली क्वाटोलमा रहेको उत्तम कुइँकेलको घरमा जुवा खेलिरहेको अवस्थामा प्रहरीले ११ जनासहित जुवाखालबाट उनीहरुलाई पक्राउ गरेको हो।

प्रहरी निरीक्षक भूपेन्द्र गिरीको नेतृत्वमा गएको प्रहरी टोलीले जुवाको खालबाट चार लाख १५ हजार रुपैयाँ समेत बरामद गरेको छ।

पक्राउ परेका उनीहरुलाई थप अनुसन्धान तथा कारवाहीका लागि महानगरीय प्रहरी वृत्त महराजगञ्ज पठाइएको प्रहरी निरीक्षक गिरीले जानकारी दिए।

प्रकाशित: २७ आश्विन २०७६ ०८:१३ सोमबार

जुवा पक्राउ