समाज

महिला हिंसाविरुद्ध उत्रिने कार्यकर्तालाई समाजवादी पार्टीले भन्याे– 'हाम्रो पार्टीको शाह कार्यकर्ता होइनन्'

काठमाडौँ – समाजवादी पार्टी सप्तरीले महिला हिंसाविरुद्ध उत्रिने आफ्नै कार्यकर्तालाई पार्टीको कुनै पनि पदमा नरहेको दाबी गरेको छ।

चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणका क्रममा चेलिबेटी बेचविखनलाई लिएर प्रदर्शन गर्नसक्ने आशंकामा पक्राउ परेकी सुनिता साहलाई आफ्नो पार्टीको सदस्य नै नभएको समाजवादी पार्टीले दाबी गरेको हो। असोज २४ गते साहलाई प्रहरीले पक्राउ गरेपछि सो पार्टीले २५ गते एक प्रेस विज्ञप्ति जारी गर्दै शाह पार्टीको कुनै पनि पदमा नरहेको दावी गरेको हो।

राजविराज९६, खरसालटोलस्थित निवासबाटै उनी पक्राउ परेकी थिइन्। उनी समाजवादी पार्टी प्रदेश २ कार्यसमितिका सदस्य रहनुका साथै अन्तरमहिला सञ्जाल सप्तरीका अध्यक्ष पनि हुन् ।तर समाजवादी पार्टी सप्तरीका अध्यक्ष केदार प्रसाद यादवले प्रहरी हिरासतमा रहेकी साह हाल पार्टीको कुनै पनि जिम्मेवारीमा नरहेको स्पष्ट पारेको छन्।

पार्टीको नाम जोडेर विभिन्न सञ्चारमाध्यममा आएका समाचारप्रति पनि विज्ञप्तिमा आपत्ति जनाइएको छ। ‘चिनियाँ राष्ट्रपति सि चिनपिङको नेपाल भ्रमणको पूर्व सन्ध्यामा विरोध गर्ने आशंकामा पार्टीको नाम मुछेर शाह पक्राउ परेको भनी विभिन्न सञ्चारमाध्यममा समाचार आएकोमा समाजवादी पार्टीको आपत्ति रहेको छ,’ विज्ञाप्तिमा भनिएको छ।

विगत केही दिनदेखि नै पार्टी विपरित क्रियाकलाप गर्दै आएको र पार्टीको सदस्य समेत नरहेको साहलाई असोज २४ गते सप्तरी प्रहरीले नियन्त्रणमा लिएपछि पार्टीको कुनै पनि जिम्मेवारीमा नभएको व्यक्तिलाई सिगों पार्टीको बदनाम हुने गरी पार्टीको नाम जोडेर समाचार आएको समाजवादी पार्टी सप्तरीले आपत्ति जनाएको हो ।

समाजवादी पार्टीका एक नेताले नाम नखुलाउने शर्तमा साहको नाम प्रदेससभा सदस्यको समानुपातिक सूचीमा समेत राखिएको थियो। गत बैसाख १४ गते भएको तत्कालीन संघीय समाजवादी फोरम नेपाललको प्रदेश अधिवेशनमा साहको नाम अधिवेशन प्रतिनिधिको सूचीमा समावेश छ। क्रम संख्या ५० मा उनको नाम छ। तर उक्त विवरणलाई छोप्दै समाजवादी पार्टीले शाह कुनै पनि पदमा नरहेको दावी गरिरहेको छ

आफ्नै कार्यकर्तालाई समाजवादी पार्टीले कार्यकर्ता नै नभएको दाबी गरेपछि शाह पार्टीप्रति आक्रोश पोखेकी छन्।उनको भनाइलाई स्रोतले उदृत गर्दै भन्यो,‘ विगतमा पार्टीमा सक्रिय भएर लागेको मान्छेलाई पार्टीकै कुनैपनि पदमा नरहेको भन्नु सरासर गलत हो।’

मासमाजवादी राष्ट्रपति_सी चिनफिङ