समाज

आइतबार सार्वजनिक बिदा

काठमाडाैं – नेपाल सरकारले आइतबार सार्वजनिक बिदा दिने भएको छ।  चिनियाँ राष्ट्रपति सी को दुईदिने राजकीय भ्रमणको दोश्रो दिन आइतबार सरकारले सार्वजनिक बिदा दिने घोषणा गरेको हाे।

चिनियाँ राष्ट्रपति सीको स्वागत तथा सम्मानका लागि याे बिदा दिन लागिएकाे हाे।बिहिबार बसेको मन्त्रिपरिषदको बैठकले गृह मन्त्रालयको प्रस्तावमा बिदा दिने निर्णय गरेको हाे।

नेपाल सरकारले विभिन्न देशका विशिष्ट अथिती आउँदा सम्मान स्वरूप सार्वजनिक बिदा दिने गरेकाे छ।  चिनियाँ राष्ट्रपति सी शनिबार राजकीय भ्रमणका लागि नेपाल आउँदैछन्।  दुईदिने भ्रमणका क्रममा दुई देशबीच विभिन्न सम्झौता हुने अनुमान गरिएको छ।

प्रकाशित: २४ आश्विन २०७६ ०३:४० शुक्रबार

सार्वजनिक_बिदा