समाज

दुर्गा मेला हेर्न गएको बेला दुई समूहबीच विवाद, दर्जन बढी घाइते

सिरहा - सिरहामा दुई समूहबीच सामान्य विवादले उग्र रुप लिँदा दर्जन बढी घाइते भएका छन्। सिरहको मैन र नटवा टोल युवा समूहबीच सामान्य विवादले उग्र रुप लिँदा दर्जन बढी घाइते भएका हुन्।

जरिना खातुन, मो अब्दुल कादिर, मो जैतुन खातुन, मो साहिद मियाँ, मो अब्दुल रहमान राईन, मोकतार राईनको उपचार जिल्ला अस्पताल सिरहामा भइरहेको छ। घाइतेहरू मध्ये अधिकांशको टाउको र हातमा चोट लागेको छ। जिउमा लठीको डाम देखिएका छन्।

त्यस्तै अर्को समूहका  फुटन कुजरा, मो तसमिम राईन, मो समसेर राइन, कैउम मियाँ, मो मुस्तुफा मियाँ, मो महेवुल मियाँ, मो मदिना खातुन, मो फईम राईन, मो महिमुल खातुनलाई प्राथमिक उपचार पछि विराटनगर रिफर गरिएको छ।

मैन र नटवा टोलका युवाहरूबीच दुर्गा मेला हेर्न गएको बेला विवाद भएको थियो। त्यही विषयमा बल्झिएर झगडाको रुपमा लिएको स्थानीयहरूले बताए। उनीहरूका अनुसार छलफलको माध्यमबाट विवाद मिलाउने सहमति भएको थियो। तर तरकारी बेच्न गइरहेका बिपतिया राईन उपर कुटपिट भएपछि झगडा झन् बढेको थियो।

प्रकाशित: २३ आश्विन २०७६ ०५:४६ बिहीबार

विवाद घाइते