समाज

जेहेन्दार विद्यार्थीका लागि अक्षयकोष स्थापना

बेझाड – पाल्पा रामपुर नगरपालिकाका दुई विद्यालयमा भूपू विद्यार्थीद्वारा अक्षयकोष स्थापना गरिएको छ। यहाँको दरैठाँटी मावि र रामतुलसी माविका भूपू विद्यार्थी शालिकराम कँडेलले ‘सम्मान छात्रवृत्ति’ नामक कोष खडा गरी अक्षयकोष स्थापना गरेका हुन्।

उनले दरैठाँटी माविमा  ५१ हजार ६०६ रूपैयाँ र रामतुलसी माविमा ५१ हजार ४७० रूपैयाँ बराबरको अक्षयकोष स्थापना गरेका छन्। विद्यालयमा अध्ययनरत गरीब तथा जेहेन्दार विद्यार्थीको पठनपाठनमा सहयोगस्वरुप कँडेलले बुबा तारानाथ कँडेल र आमा तिलमाया कँडेलका नाममा दुवै विद्यालयमा सो छात्रवृत्ति कोष स्थापना गरेका हुन्।

“गरीब तथा जेहेन्दार विद्यार्थीमा सानो भए पनि छात्रवृत्ति सहयोगले पढाइमा हौसला बढोस् भनेर अक्षयकोष स्थापना गरेको हुँ”, उनले भने।रासस

प्रकाशित: २३ आश्विन २०७६ ०४:०९ बिहीबार

जेहेन्दार_विद्यार्थी अक्षयकोष_स्थापना