समाज

छेलो हान्ने प्रतियोगिता

धदिङ - प्राचीनकालदेखि महानवमीको दिन खेलिँदै आएको छेलो हान्ने प्रतियोगिता उत्तरी धादिङको झार्लाङमा सम्पन्न भएको छ ।

गाउँमा भएका मानिसमध्ये सबैभन्दा टाढासम्म १५ किलोग्रामको ढुङ्गा फाल्न सक्ने मानिसलाई सम्मानसाथ गाउँ घुमाइने गरिन्छ । राजेन्द्र तामाङ यस वर्षको छेलो विजेता घोषणा भएका छन् ।

उनलाई गाउँबासीले सोमबार माला लगाएर गाउँ परिक्रमा गराएको आयोजक टेकबहादुर तामाङले बताए ।

यसैगरि गोरु जुधाइ प्रतियोगितामा विजेता खनियाबास २ न्यान्चोका खल्डुप तामाङ र  उपविजेता खनियाबास २ कै बमबहादुर तामाङ रहनुभएको छ । उनीहरुलाई सो अवसरमा सम्मान गरिएको थियो । यस पर्वमा हरेक वर्ष गाउँको कोखिममा मेला लाग्छ ।

प्रकाशित: २१ आश्विन २०७६ ०६:२५ मंगलबार

प्राचीनकाल महानवमी छेलो प्रतियोगिता