समाज

काठमाडौंबाट छुटेको बस बाँकेकाे सिमानामा दुर्घटना

काठमाडौं — काठमाडौंबाट सुर्खेतका लागि छुटेको यात्रुबाहक बस दाङ र बाँकेको सिमानामा दुर्घटना भएको छ। मध्यपश्चिम यातायातको ना ७ ख ६८४१ नम्बरको बस आइतबार बिहान साढे ८ बजेतिर शिवखोलामा दुर्घटना भएको हो।

दुर्घटनामा १३ जना घाइते भएका छन्। घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको इलाका प्रहरी कार्यालय कुशुमका सइ लक्ष्मण ऐरले जानकारी दिए। घाइतेको स्थानीय अस्पतालमा उपचार भइरहेको ऐरले बताए।

प्रकाशित: १९ आश्विन २०७६ ०३:२८ आइतबार

दुर्घटना घाइते