समाज

नेपालमा अन्तर्राष्ट्रिय तमू सम्मेलन हुने

काठमाडौं– नेपालमा पहिलो पटक अन्तराष्ट्रिय तमू सम्मेलन’ आयोजना हुने भएको छ। विश्वभरमा छरिएर रहेका तमू समुदायको एकता, अस्तित्व र पहिचान कायम गर्ने उद्देश्यका साथ यही असोज २४ र २५ गते काठमाडांैमा पहिलो पटक सो सम्मेलन आयोजना हुन लागेको हो।

विश्वभरमा छरिएर रहेका तमू समुदायको एकता, अस्तित्व र पहिचान कायम गराउने मुख्य उद्देश्यसहित काठमाडौंमा सो अन्तराष्ट्रिय सम्मेलन आयोजना गर्न लागिएको सम्मेलन मूल आयोजक समितिका अध्यक्ष रेशम तमूले जानकारी दिए। २ दिनसम्म चल्ने सम्मेलनमा विश्वका ४० वटा भन्दा बढि राष्ट्रका तमू प्रतिनिधिहरु सहभागी हुनेछन्।

सम्मेलनमा आदिवासी जनजातिसम्बन्धि संयुक्त राष्ट्र संघीय मानव अधिकार आयोगको विश्वव्यापी घोषणा पत्र, तमू समुदायको उत्पत्ति, भाषा र संस्कृतिका विषयमा विज्ञहरुले कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम पनि तय गरिएको छ। शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गरी गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवले सो अन्तराष्ट्रिय सम्मेलनको उद्घाटन गर्नुहुने जानकारी पनि गराइएको छ। 

प्रकाशित: १७ आश्विन २०७६ ११:४७ शुक्रबार

तमू_सम्मेलन नेपाल