समाज

सवारीसाधनमा कडाइ

रामेछाप – चाडपर्व लागेसँगै जिल्ला ट्राफिक प्रहरी कार्यालय रामेछापले सवारीसाधानमाथि कडाइ चेक जाँच गरेको छ। सदरमुकाम मन्थली, सेलेघाट, रामेछाप बजारलगायत ठाउँमा प्रवेश गर्ने साना तथा ठूला सवारीसाधन जाँचमा कडाइ गरेको ट्राफिक प्रहरी कार्यालय रामेछापका प्रमुख होमबहादुर भित्रिकोटीले बताए।

चाडवर्पको मौका छोपी सवारीसाधनले बढी भाडा लिने, क्षमताभन्दा बढी यात्रु बोक्ने र सवारी दुर्घटना न्यूनीकरणका लागि सावारीमाथि थप कडाइ गर्दै आएको हो। पछिल्लो समय सवारीचालक र सहचालकले यात्रुसँग गर्ने व्यवहार सुमधुर भए नभएकोलगायतबारे यात्रारत यात्रुहरूसँग सवारीसाधनमै प्रवेश गरी कुराकानी गर्ने गरेको छ।

ट्राफिक प्रहरी रामेछापले टिकट नकाटीकन यात्रा गर्ने यात्रु ठगिएको केही गुनासा आएको बताउँदै अनिवार्य रूपमा यात्रुहरूलाई टिकट लिएर मात्र यात्रा गर्न आग्रह गरेको छ।

प्रकाशित: १७ आश्विन २०७६ ००:५४ शुक्रबार

चाड सवारीसाधन कडाइ