समाज

सभामुखलाई यौन दुर्व्यवहारको आरोप लगाउने महिलाले प्रहरी दिइन लिखित निवदेन

काठमाडौं– सभामुख पदबाट राजीनामा दिएका कृष्णबहादुर महराबाट आफूमाथि दुर्व्यवहार भएको भनिएकी संसद् सचिवालयमा कार्यरत एक महिलाले आफूमाथि कुनै दुर्व्यवहार नभएको प्रहरीलाई जानकारी गराइएकी छिन्। 

तिनकुनेस्थित महानगरीय प्रहरीवृत्त बानेश्वरमा आफैँ उपस्थित भएर उनले आफू ‘डिप्रेसन’को बिरामी भएको र महरासँग जोडिएर आएका समाचारमा कुनै सत्यता नरहेको जानकारी गराइएकी हुन्। उनले दिएको लिखित निवेदनमा भनिएको छ, ‘म पहिलेदेखि नै डिप्रेसनको बिरामी हुँ, मिडियाँमा कसरी समाचार आए? मलाई थाहा छैन। सञ्चारमाध्यममा आएको जस्तो कुनै पनि घटना भएको होइन।’

पीडित भनिएकी ती कर्मचारीले महरासँग जोडिएर आएका समाचारमा कुनै सत्यता नरहेको र त्यस्तो कुनै पनि घटना नभएको लिखित जानकारी गराएको महानगरीय प्रहरी परिसर टेकुका प्रवक्ता प्रहरी नायब उपरीक्षक होविन्द्र बोगटीले जानकारी दिए।

प्रकाशित: १६ आश्विन २०७६ ०३:२६ बिहीबार

सभामुख कृष्णबहादुर_महरा दुर्व्यवहार महिला