समाज

दस हजार घुससहित सर्वेक्षक भण्डारी पक्राउ

चिप्लेढङ्गा- घुस रकम लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय कास्कीमा कार्यरत सर्वेक्षक सन्तोष लाई पक्राउ गरेको छ।    

जग्गा नापजाँच तथा क्षेत्रफल छुट्याउने कार्यमा विभिन्न बहाना बनाएर सेवाग्राहीसँग घुस मागेको भन्ने सूचना एवं उजुरीका आधारमा आयोगको पोखरा कार्यालयबाट खटिएको टोलीले पोखरा महानगरपालिका–९ स्थित बुद्धचोक नजिकैबाट मङ्गलबार साँझ भण्डारीलाई १० हजार रुपैयाँ घुस रकमसहित नियन्त्रणमा लिएको आयोगले जनाएको छ। रासस   

प्रकाशित: १५ आश्विन २०७६ ०८:५० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App