समाज

अझै बाेल्न सकेका छैनन शाह परिवारका सदस्य

रौतहट  - भरपर्दो अस्पताल नहुँदा उपचारको अभावमा युवा बिरामीको अकालमा ज्यान गएकोमा गरुडा वडा नम्वर ४का स्थानियहरु आक्रोसित छन। गत शुक्रवार ३५ वर्षीय रुपलाल साहकोे बाटोमै मृत्यु भएको कुराले अहिले चर्चा यहा पाइरहेको छ।

धादिङको जाममा पाँच घन्टासम्म बस्दाबस्दै आमाकै काखमा बिरामी छोरोको मृत्यु भएपछि मृतकका आफन्त तथा घर परिवार घटनाको विषयमा बोल्न पनि डराइरहेका छन्। मृत्युबारे धेरै बोल्दा कुनै अप्ठ्यारो पर्ने र त्यसले थप पीडा ल्याउने चिन्ता घर परिवारलाई रहेको छ।

दुई वर्षअघि अचानक दुवै किड्नी खराब भएपछि मृतक साहको उपचार काठमाडौँमा हुँदै आएको थियो। प्रदेशको राजधानी रहेको जनकपुरस्थित जानकी अस्पताल र काठमाडौँस्थित सुमेरु अस्पतालमा नियमित उपचार हुँदै आइरहेको रुपलाललाई जनकपुरले काठमाडौँ रिफर गरेपछि अस्पताल पुग्नै नपाई बाटोमै मृत्यु भएको थियो। समयमै अस्पताल पुगेको भए साह उपचार गराएर फर्किने विश्वास आफन्तहरुको रहेको छ।

। मृतकका आफन्तले केही पनि बोल्न नचाहने अवस्थामा छिमेकी प्रेमलाल साह भन्छन् – प्रदेशमा एउटा पनि सुविधा सम्पन्न अस्पताल भएको भए रुपलालको ज्यान जाँदैनथ्यो। रुपलालको उपचारको लागि पिता राम नारायण साहले चार कठा खेत बेचेको बताउँदै छिमेकी साहले अब कसैको त्यसरी मृत्युवरण गर्न नपरोस् भनेर सरकारले प्रदेशमा कम्तीमा एउटा सुविधा सम्पन्न अस्पताल बनाउनु राम्रो हुन्छ।

 

प्रकाशित: १५ आश्विन २०७६ ०१:५९ बुधबार

सुमेरु_अस्पताल किड्नी