समाज

बहुविवाह मुद्दामा जेल चलान

जलेश्वर- महोत्तरी जिल्लामा बहुविवाह मुद्दामा एक पतिपत्नी जेल चलान भएका छन्। जेल चलान हुनेमा जिल्लाको महोत्तरी गाउँपालिका–६ बस्ने पति राधारमण झा र उनकी कान्छी पत्नी पूजा प्रतिहस्त रहेका छन्।     
     
राधारमण झाको पहिलो पत्नी अञ्जु झा हुँदाहुँदै उनले कान्छी पत्नी पूजालाई भित्र्याएपछि पहिलो पत्नी अञ्जु झाले पति र उनका कान्छी पत्नीविरुद्ध जिल्ला अदालतमा बहुविवाह मुद्दा दिएका थिए।   
     
महोत्तरी जिल्ला अदालतले सोही बहुविवाह मुद्दा अन्तर्गत विसं २०७५ मा गरेको फैसला अनुसार निज राधारमण र उनकी कान्छी पत्नी पूजासहित दुवैलाई जनही एक वर्ष कैद र १० हजार रुपैयाँ जरिवाना गरेको थियो।     
     
त्यस्तै उच्च अदालत जनकपुरको २०७६ साउन १५ गते भएको शुरु फैसला सदर भएपछि दुवै पतिपत्नीलाई जनही एकवर्ष कैद र १० हजार जरिवाना गरिएको हो।     
     
जिल्ला र उच्च दुवै अदालतको आदेशपश्चात शुक्रबार पतिपत्नी दुवै जना आफैँ निवेदन साथ उपस्थित भई कैद भुक्तानका लागि जलेश्वर कारागार चलान गरिएका छन्। रासस

प्रकाशित: ११ आश्विन २०७६ ०८:३१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App