समाज

विभिन्न व्यवस्थापन प्रविधि तालिम सञ्चालन

धनकुटा – जलवायु अनुकूलन नमुना गाउँ कार्यक्रमअन्तर्गत मंगलबारदेखि धनकुटा–१ सिजाली गाउँमा टनेल हाउस तथा गोठ व्यवस्थापन प्रविधि तालिम सञ्चालन गरिएको छ।

तालिममा धनकुटा नगरपालिकाको १, २, ३ र १० नं. वडामा जलवायु अनुकूलन नमुना गाउँ कार्यक्रमअन्तर्गत ५ सय घरधुरी संख्यामा टनेल निर्माण, प्लास्टिक पोखरी, सुधारिएको चुलो, गोठ सुधार, सरसफाइ तथा फोहोर व्यवस्थापन गर्ने ४ वटा विद्यालयमा जलवायु परिवर्तनसम्बन्धी तालिम सञ्ञ्चालन गर्ने, जैविक मल तथा विषादीरहित तरकारीखेती तालिम सञ्चालन गरिने जानकारी दिइएको छ।

कृषि ज्ञान केन्द्र धनकुटाका प्रमुख सूर्यप्रसाद सापकोटा, तालिम संयोजक मीनप्रसाद सुवेदीलगायत स्थानीयको सहभागिता रहेको थियो।

प्रकाशित: १० आश्विन २०७६ ०६:४५ शुक्रबार

जलवायु नमुना_गाउँ