काठमाडौं– गोरखामा केन्द्रविन्दु भएर ४.७ रेक्टरस्केलको भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बिहीबार साँझ ६ बजेर ४९ औं मिनेटमा गोरखाको खरिबोटदेखि उत्तरतर्फ केन्द्रविन्दु बनाएर भूकम्प गएको हो।
भूकम्प गोरखा र आसपासमा महसुस भएको थियो। ०७२ सालको भूकम्पको केन्द्रविन्दु पनि गोरखानै रहेको थियो।
प्रकाशित: ९ आश्विन २०७६ १३:४२ बिहीबार