समाज

खगीको परिवारलाई आर्थिक सहयोग

काठमाडौं – काठमाडौं स्थायी घर भई हाल अमेरिकामा बसोबास गर्दै आएका ४० वर्षीय अमर क्षेत्रीले बाग्लुङ गल्कोट चरौंदी निवासी ३९ वर्षीया खगी नेपालीको परिवारलाई आर्थिक सहयोग गरेका छन्।

खगीको परिवारलाई क्षेत्रीले मासिक १५ हजार १ सय रुपैयाँका दरले सहयोग गर्ने प्रतिबद्धता जनाएका हुन्। यसअघि पनि उनले सो परिवारलाई ४५ हजार रुपैयाँ सहयोग गरिसकेका छन्।

रोजगारीको लागि भारतमा रहँदै आएका पति सोमबहादुर नेपालीको मधुमेह रोगले डेढ महिनाअघि मृत्यु भएपछि नेपालीको परिवार विचल्लीमा परेको थियो। सोमबहादुरका श्रीमती, दुई छोरी र एक छोरासहित चार जनाको परिवार छ। खगीको परिवारको बारेमा सञ्चार माध्यममा समाचार आएपछि क्षेत्रीले सहयोगको हात अघि बढाएका हुन्। ‘उहाँले सहयोग गरेपछि बच्चाबच्ची पढाउन सहज भएको छ,’ नेपालीले भनिन्। उनका तीन सन्तानहरू १२, ८ र ९ कक्षामा पढिरहेका छन्।

प्रकाशित: ८ आश्विन २०७६ ०४:२३ बुधबार

बसोबास आर्थिक_सहयोग