समाज

करेन्ट लागेर मृत्यु

काभ्रे- काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–४ दाप्चा एक नं पुलनजिकै रहेको पशुपति रोडा ढुङ्गा उद्योगमा काम गर्ने एक जना कामदारको आज करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय धुलिखेलका प्रहरी नायब उपरीक्षक दीपक गिरीका अनुसार अमलेखगञ्ज घर भएका वर्ष ६८ का पूर्णबहादुर कटुवाल आज बिहान वेल्डिङ मेशिनमा तार जोड्ने क्रममा करेन्ट लागि घाइते हुनुभएको थियो। उनलाई तत्काल धुलिखेल अस्पताल पु-याइए पनि उपचारको क्रममा मृत्यु भएको हो। 

कटुवाल चार वर्षदेखि सो उद्योगमा इलेक्ट्रिसिएनका रुपमा काम गर्दै आएका थिए। उनको शव परीक्षणका लागि बनेपास्थित शिर मेमोरियल अस्पतालमा राखिएको प्रहरीले जनाएको छ। रासस

प्रकाशित: ७ आश्विन २०७६ १५:२५ मंगलबार

करेन्ट मृत्यु