समाज

कक्षा ११ को परीक्षाफल प्रकाशित,कसले कति ग्रेड ल्याए?

काठमाडाैँ - यो वर्षको कक्षा ११ को परीक्षाफल  प्रकाशित भएको छ । १० बजे बसेको  राष्ट्रिय परीक्षा बोर्डको बैठकले परीक्षाफल प्रकाशित गर्ने निर्णय गरेलगत्तै परीक्षाफल प्रकाशित भएको बोर्डका सदस्य सचिव दुर्गा अर्यालले बताए।

यो वर्ष बैशाख २९ देखि जेठ १४ गतेसम्म संचालित परीक्षामा करिब ५ लाख ९ हजार ५२ परीक्षार्थी सहभागि भएका थिए।बोर्डले विज्ञान, व्यवस्थापन, कानुन, शिक्षा गरी चारै समुहको परीक्षाफल एकैसाथ प्रकाशित गर्न लागेको हो।

अघिल्लो वर्ष असोज तेस्रो साता परीक्षाफल प्रकाशित गरेको बोर्डले यो वर्ष दुई साता अघिनै परीक्षाफल प्रकाशित गरेको हो। यसअघि कक्षा १२ को परीक्षा पनि अघिल्लो वर्षभन्दा छिटो प्रकाशित भएको थियो।

कसले कति ग्रेड ल्याए? 

० देखि ०.८० सम्म : २१ हजार ३४६
०.८१ देखि १.२० सम्म : ८ हजार १७१
१.२१ देखि १.६० सम्म : ८९ हजार ७५०
१.६१ देखि २.०० सम्म : ८४ हजार २३९
२.०१ देखि २.४० सम्म : ५४ हजार ८१६
२.४१ देखि २.८० सम्म : ३२ हजार २५३
२.८१ देखि ३.२० सम्म :  १३ हजार ७७२
३.२१ देखि ३.६० सम्म : 
३.६१ देखि ४.०० सम्म : २ हजार ३१९

ग्रेड परीक्षार्थी संख्या : कुल ३ लाख ४९ हजार ६०३ ।

प्रकाशित: ७ आश्विन २०७६ ०५:४५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App