समाज

सोमबारदेखि मनसुन सकिने

काठमाडौं – जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले सोमबारदेखि यो वर्षको मनसुन सकिने जनाएको छ । गत मंगलबारदेखि देशका धेरैजसो भूभागमा नियमित वर्षा भएसँगै यो वर्षको मनसुन यही वर्षासँगै सकिने महाखाशाले जनाएको हो । मौसमविद् समीर श्रेष्ठले यो वर्ष मनसुन सकिए पनि केही दिन सामान्य पानी पर्न सक्ने सम्भावना बताए ।

उनका अनुसार सोमबारदेखि मौसम खुली मध्य तथा पूर्वी भेगमा घाम लाग्नेछ । ‘साताभरीको मौसमभन्दा बढी सुधार सोमबारपछिका मौसममा छ,’ उनले भने, ‘अब विस्तारै मौसम सुधार भएर जाडो याम सुरु हुन्छ ।’

उनका अनुसार मनसुन सकिएकाले नजिकिँदै गरेको दशैंतिहारको बेला वर्षाको समस्या हुने छैन । यद्यपि केही दिनको फरकमा सामान्य वर्षा हुने विभागले जनाएको छ । यसअघि देशमा अधिकांश भूभागमा परेको वर्षाका कारण ठाउँठाउँमा क्षति पुगेको थियो ।

प्रकाशित: ६ आश्विन २०७६ ०३:२५ सोमबार

जल_तथा_मौसम_विज्ञान_विभाग_मौसम_पूर्वानुमान_महाशाखा मनसुन