समाज

बेपत्ता युवा मृत फेला

खोटाङ – खोटाङमा ६ दिनदेखि बेपत्ता युवा खोलाको दहमा मृत अवस्थामा फेला परेका छन् । पाहा मार्न भन्दै भदौ ३१ गते घरबाट हिँडेका केपीलासगढी गाउँपालिका–७ सुन्देलका २४ वर्षीय प्रकाश राई खहरे खोलाको दहमा मृत फेला परेका हुन् ।

राईको शव स्थानीयले आइतबार केपीलासगढी गाउँपालिका–४ बाक्सिलामा पर्ने खोलाको दहमा डुबिरहेको अवस्थामा फेला पारेर प्रहरीलाई खबर गरेको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी वामदेव गौतमले बताए ।

मृतकको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल दिक्तेल ल्याइँदै गरेको प्रहरीले जनाएको छ । घटनाबारे अनुसन्धान भइरहेको डिएसपी गौतमले बताए ।

प्रकाशित: ६ आश्विन २०७६ ०२:०५ सोमबार

बेपत्ता_युवा