समाज

गोली प्रहार गरी फरार

सांकेतिक तस्बिर

सप्तरी । भारतीय नम्बर प्लेटको पल्सर मोटरसाइकल चढेर आएका दुई जनाले एक युवामाथि गोली प्रहार गरेका छन्। आइतबार साँझ सप्तरीको डाकनेश्वरी नगरपालिका–८ का २४ वर्षीय भगवतीप्रसाद मण्डलमाथि गोली प्रहार गरेका हुन्।

उनको बायाँ पाखुरामा गोली लागेको छ। उनलाई उपचारका लागि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको छ।

प्रहरीका अनुसार घरतर्फ जाने क्रममा प्रहार भएको थियो।

प्रकाशित: ५ आश्विन २०७६ १६:३७ आइतबार

गोली_प्रहार घाइते