समाज

प्रदेश ३ मा ‘एक विद्यार्थी एक बिरुवा’ कार्यक्रम शुरु

मकावनपुर– प्रदेश ३ मा ‘एक विद्यार्थी एक बिरुवा’ कार्यक्रम शुरु भएको छ। हेटौँडा– ८ स्थित  चन्द्रोदय माध्यामिक विद्यालय परिसरमा प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले आइतबार वृक्षरोपण गर्दै  कार्यक्रमको शुभारम्भ गरेका हुन्।

कार्यक्रममा बोल्दै मूख्यमन्त्री पौडेलले कार्यक्रम प्रदेश ३ का सबै सामुदायिक विद्यालयमा लागू हुने जनकारी दिए। 

वृक्षरोपण कार्यक्रममा उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री अरुण नेपाल, आर्थिक मामिला तथा योजनामन्त्री कैलाश ढुङ्गेल, प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद जोशी, जिल्ला समन्वय समितिका प्रमुख रघुनाथ खुलाल लगायत उपस्थित भएका थिए।

उक्त विद्यालय परिसरमा दुई सय  बिरुवा रोपिएको थियो। हेटौँडा डिभिजन वन कार्यालयका सहायक वन अधिकृत अच्युत उपाध्यायका अनुसार आँप, कटहर, घ्युफल, लिची, अम्बा, अमला, तेजपात, नास्पाती, हलुवावेद, रुद्राक्षलगायतका विरुवा रोपिएको हो। 

विद्यालय हरित कार्यक्रममा एक विद्यार्थी एक बिरुवाका लागि प्रदेश सरकारले १५ डिभिजन कार्यालयमार्फत १३ जिल्लामा १३ हजार २०० बिरुवा रोप्ने लक्ष्य लिएको सो अबसरमा जानकारी दिइएको छ।

कार्यक्रम लागू भएका विद्यालयमा विद्यार्थीको सङ्ख्याअनुसार वृक्षरोपण गर्ने र विद्यालयले विद्यार्थीलाई बिरुवा संरक्षणको जिम्मा दिने जनाइएको छ। रासस

प्रकाशित: ५ आश्विन २०७६ ०८:१६ आइतबार

एक_विद्यार्थी_एक_बिरुवा डोरमणि_पौडेल मुख्यमन्त्री