समाज

सवारी चढ्न हिउँद कुर्नुपर्ने नै राजधानी

काठमाडौं– शङ्खरापुर नगरपालिका नाङ्लेभारेमा हिलाम्मे बाटोका कारण सबारीसाधन आवतजावत गर्न सकेका छैनन्। काठमाडौंको निर्वाचन क्षेत्र नं २ अन्तर्गत पर्ने उक्त क्षेत्रमा बर्षायममा सवारी चल्न नसक्दा सर्वसाधरणले निकै सास्ती खेप्नु परेको छ।

सवारी सञ्चालन गर्न सक्ने अवस्था नभएपछि उक्त बाटो भएर आवतजावत गर्ने स्थानीय सबै भन्दाबढि मर्कामा परेका छन्। यहाँको पटाप र  छापभञ्ज्याङ तामाङ बस्तीको बाहुल्यता रहेको बस्ती हो।

यस्तै साँखु, जरसिंह पौवा हुँदै मेलम्ची पुग्ने सडकखण्डमा बर्खाको समयमा गाडि चल्दैन। अरुबेला पनि यो सडको अवस्थता उस्तै छ। हिलो र खाल्टाखुल्टीले गाडी चलाउन मुश्किल छ। केराघारीका बासिन्दा सवारीसाधन प्रयोग गर्न एक घण्टा उकालो चढेर छापसम्म पुग्छन्।

स्थानीय वीरबहादुर तामाङ यातायातसँगै विद्यालय र स्वास्थ्य चौकीबाट समेत सेवा लिन सहज नभएको  बताएँछन्। जहरसिंहपौवाबाट एक घण्टा हिँडेपछि पुगिने बस्ती हो घट्टेकुलो।

यहाँका बासिन्दाले यातायातका साधन प्रयोग गर्न हिउँदको समय कुर्नुपर्ने अवस्था छ। गाउँघरमा कोही बिरामी हुदाँ बोकेरै जहरसिंहपौवा पुर्याउनुपर्ने अवस्था छ।

‘काठमाडौँ भनेर के गर्नु ? बिरामीलाई बोकेरै अस्पताल पुुर्याउनुपर्छ, सडक छ गाडी चल्दैन’, स्थानीय जीतबहादुर तामाङले भने। वडाध्यक्ष सन्तबहादुर वाइवा घट्टेकुलोसम्मको सडक मर्मत गरिने बताउँछन्।

प्राकृतिक रुपमा रमणीय जहरसिंह पौवासम्म पुग्न निकै कठिन हुन्छ। हिलो र धुलोका कारण पर्यटक हैरान हुने गरेका छन्। चाबहिल–जहरसिंहपौवा सडकखण्डमा ठाउँ ठाउँमा खाल्टाखुल्टी छन्।

‘भय र त्रासमा यात्रा गर्नुपर्ने अवस्था छ’, सो सडकखण्डमा यात्रा गर्दै आएका सन्तोष चौलागाईंले भन्छन्। साँखु बजारबाट तीन किलोमिटर उक्लिने बित्तिकै छापभञ्ज्याङका बस्तीमा पुगिन्छ। लप्सेफेदी र नाङलेभारेमा बर्खाको समयमा बस चल्दैन।

‘बस चढ्न हिउँद नै कुर्नुपर्ने बाध्यता छ’, चौलागाईँले भने। साँखुबाट मेलम्चीसम्मको सडक कालोपत्रे गरिएको थियो। कालोपत्रे गरिएको छ महिना बित्न नपाउँदै सबै उप्कियो।

विद्यालय पुग्न एक घण्टा उकालो चढ्नुपर्ने स्थानीयवासी गोमा तामाङ बताउँछिन्। हिँड्न नसक्दा कतिपय बालबालिका विद्यालय जानै मान्दैनन्’, उनले भनिन्। रासस

प्रकाशित: ५ आश्विन २०७६ ०७:५४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App