समाज

बैक अफ काठमाण्डूमा करोडौंको घोटाला,नक्कली ऋणी पक्राउ परेपछि खुल्याे थप रहस्य!

काठमाडौं - नक्कली धितो राखेर करोडौँ रुपैयाँ ऋण लिएको आरोपमा ऋणी सुरेन्द्र श्रेष्ठ पक्राउ परेका छन्। उनी पक्राउ परेसँगै थप १० जना पक्राउ परेका छन्।

केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)का प्रवक्ता बेल बहादुर पाण्डेका अनुसार नक्कली धितो राखेर करोडौँ रुपैयाँ ऋण दिएको अभियोगमा बैक अफ काठमाडौका पूर्व कार्यकारी अधिकृत अजय श्रेष्ठ र बैकका बहालवाला कर्मचारीसहित ८ जना कर्मचारी पक्राउ परेका छन्। उनका अनुसार यस काण्डमा जम्मा ११ जना अहिले सम्म पक्राउ परेका छन्।

कीर्ते कागज बनाएर साढे चार करोड रुपैयाँ हिनामिना गरेको आरोपमा उनीहरुलाई नियन्त्रणमा लिएको उनले बताए। सीआईबीले  बैंकका कर्मचारीहरु किरण बोहोरा, ऋचा श्रेष्ठ, सुष्मा शाह, पुष्पराज भण्डारी, विक्रम पन्त र ऋणी सुरेन्द्र श्रेष्ठ पक्राउ गरेको हो।

उनीहरुले झापाको नक्कली लाल पूर्जा र इटहरीको कमसल जग्गालाई धरौटी बनाएर साढे चार कोरड रुपैयाँ हिनामिना गरेको प्रहरी अनुसन्धानमा खुलेको छ।

प्रकाशित: ५ आश्विन २०७६ ०७:२६ आइतबार

नक्कली_धितो ऋण बैक_अफ_काठमाण्डू