समाज

दुर्घटनामा एक जनाको मृत्यु

सर्लाही – सदरमुकाम मलंगवामा शनिबार दिउँसो भएको मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने अर्का एकजना गम्भीर घाइते भएका छन् ।

भारतीय नम्बर प्लेटको मोटरसाइकल पल्टिँदा सोही मोटरसाइकलमा पछाडि सवार मलंगवा नगरपालिका–३ निवासी २४ वर्षीय अजय राउतको घटनास्थलमा मृत्यु भएको हो ।

मोटरसाइकल चालक मलंगवा नगरपालिका–२ निवासी २६ वर्षीय राकेश पण्डित सामान्य घाइते भएको र उनको सदरमुकाम मलंगवास्थित जिल्ला अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय मलंगवाका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रतित सिंह राठौरले जानकारी दिए ।

झण्डा बजारबाट गोरखकालीतर्फ आउँदै गर्दा तीव्र गतिमा रहेको मोटरसाइकल आफैं अनियन्त्रित भई नालामा खसेको प्रहरीले जनाएको छ ।

प्रकाशित: ५ आश्विन २०७६ ०२:५८ आइतबार

दुर्घटना