समाज

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ

भक्तपुर– कर्तव्य ज्यान मुद्दामा जिल्ला अदालत भक्तपुरबाट कैद सजाय तोकी फरार रहेका एक जनालाई प्रहरीले पक्राउ गरेको छ। बिशेष सूचनाको आधारमा भक्तपुर नगरपालिका वडा नं १० कमलबिनायक बस्ने बर्ष २० को किशोर दुवाललाई पक्राउ गरेको हो। 

कर्तब्य ज्यान मुद्दामा भक्तपुर अदालतबाट २०७४ फागुन २९ गते फैसला भई दुई बर्ष कैद सजाय तोकिई फरार रहेका साबिक भक्तपुर जिल्ला भक्तपुर नगरपालिका १४ घर भई हाल भक्तपुर नगरपालिका १० कमलबिनायक बस्ने बर्ष २० को दुवाललाई महानगरीय प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको परिसरका सूचना अधिकृत रेवतीरमण पोखरेलले जानकारी दिए। 

उनलाई सोमबार नै जिल्ला अदालत भक्तपुरमा पेश गरेकोमा डिल्लीबजार कारागार चलान गरिएको जनाइएको छ।

प्रकाशित: ३१ भाद्र २०७६ १५:१२ मंगलबार

कर्तव्य_ज्यान_मुद्दा फरार_प्रतिवादी पक्राउ भक्तपुर