समाज

सन्धिखर्कमा करेन्ट लागेर एक जनाको ज्यान गयो

अर्घाखाँची– अर्घाखाँचीको सन्धिखर्कमा करेन्ट लागेर एक जनाको ज्यान गएको छ। मालारानी–९ गोखुङ्गाका नारायण पुनको करेन्ट लागेर ज्यान गएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। 

३१ वर्षीय पुनको सन्धिखर्क हललाइनमा केबलको लाइन मर्मत गर्ने क्रममा बिजुलीको तार छोइँदा करेन्ट लागेको र उपचारका लागि जिल्ला अस्पतालमा लैजाँदै गर्दा बाटोमै ज्यान गएको प्रहरीको भनाई छ।

प्रकाशित: ३१ भाद्र २०७६ १३:५१ मंगलबार

करेन्ट सन्धिखर्क मृत्यु