समाज

गाउँपालिका तोडफोडको आरोपमा वडा अध्यक्ष पक्राउ

कास्की–  गाउँपालिका कार्यालय तोडफोडको आरोपमा माछापुच्छ्रे गाउँपालिका–१ का वडाध्यक्षसहित तीन जना प्रक्राउ परेका छन्। पक्राउ पर्नेमा वडाध्यक्ष वीरेन्द्र गुरुङ, वडा नं २ का वडासदस्य गणेश आचार्य र तरुण दलका विपुल भनिने टीकाराम पौडेल रहेका छन्।

पक्राउ परेका वडाध्यक्ष र सदस्य नेपाली काँङ्ग्रेसबाट निर्वाचित भएका थिए। कार्यालय तोडफोडमा संलग्न रहेको किटानी जाहेरीसहित गाउँपालिकाले उजुरी दर्ता भएपछि उनीहरु पक्राउ परेका हुन्। 

प्रहरीका अनुसार उनीहरुलाई मंगलबार बिहान पोखरा महानगरपालिका–५ जिरोकिलोमिटरबाट नियन्त्रणमा लिइएको हो। वडा प्रहरी कार्यालयका प्रहरी निरीक्षक दीपक थापाका अनुसार उनीहरुलाई जिल्ला प्रहरी कार्यालय बुझाइएको छ। 

कानूनी प्रक्रियाअनुसार गाउँपालिकाको बारेमा सूचना माग गर्दा सूचना नदिएको भन्दै काङ्ग्रेस कार्यकर्ताले गत भदौ २५ गते गाउँपालिकाको बैठक कक्षका केही फर्निचर तोडफोड गरेका थिए।

प्रकाशित: ३१ भाद्र २०७६ ०७:५१ मंगलबार

गाउँपालिका अध्यक्ष पक्राउ