समाज

‘मुक्तिनाथमा पितृ तपर्ण गर्न नदिने समूहलाई तत्काल पक्राउ गर्न सरकारसँग माग’

काठमाडौं– विश्व हिन्दु युवा संघ, अन्तराष्ट्रिय समिति र विश्व हिन्दु महासंघ, काठमाडौं उपत्यका समितिले मुस्ताङको मुक्तिनाथ मन्दिरस्थित कागबेनीमा सोह्र श्राद्ध तथा पितृ तपर्ण कार्य गर्न नदिने समूहलाई तत्काल नियन्त्रण गर्न सरकारसँग माग गरेका छन्। दुवै समितिले सोमबार काठमाडौंमा संयुक्त पत्रकार सम्मेलन गरी मुलुकको धार्मिक सदभावमाथि समेत खलल पु-याउने गरी सो कार्यमा केही समूह लागेको उल्लेख गर्दै उनीहरुलाई तत्काल नियन्त्रणमा लिन सरकारसँग माग गरेको हो।

पीतृहरुलाई पिण्डदान गर्न नदिएको सो घटना सैह्य नहुने भएकाले त्यस्ता समूहलाई तत्काल नियन्त्रणमा लिन सरकारसँग माग गर्नु परेको विश्व हिन्दु युवा संघ, अन्तराष्ट्रिय समितिका महासचिव रोशनजंग बस्नेतले जानकारी दिए। उनले मुक्तिनाथ मन्दिरको भेटीघाटी तथा अन्य सम्पत्तिको पनि उचित व्यवस्थापन गर्न सरकारको गम्भीर ध्यानाकर्षण गराए।

विश्व हिन्दु युवा संघ, अन्तराष्ट्रिय समिति र विश्व हिन्दु महासंघ, काठमाडौं उपत्यका समितिले मुक्तिनाथ मन्दिरका पूजारीलाई तलवको व्यवस्था गरिदिन पनि सरकारसँग माग गरेका छन्।

प्रकाशित: ३० भाद्र २०७६ १२:४५ सोमबार

विश्व_हिन्दु_युवा_संघ अन्तराष्ट्रिय_समिति विश्व_हिन्दु_महासंघ मुक्तिनाथ_मन्दिर