समाज

सिंहदरबारबाट ९ जना पत्रकार पक्राउ

काठमाडौं– रेडियो नेपालबाट विना कारण निकालिएका पत्रकारको पुनर्वहाली तथा  श्रमजिवीको न्युनतम पारिश्रमिक कार्यान्वयनको माग गर्दै रेडियो नेपालमा डेलिगेसन गएको सञ्चारकर्मीको टोलीलाई प्रहरीले पक्राउ गरेको छ। 

पक्राउ पर्नेमा नेपाल पत्रकार महासंघका सचिव रामप्रसाद दाहाल, केन्द्रीय सदस्यहरु यम विरही, जन्मदेव जैसी, मिन बम, पत्रकार महासंघ डोटीका अध्यक्ष योगेन्द्र बलायर, प्रेस युनियनका महासचिव अजयबाबु सिवाकोटी, केन्द्रीय सदस्य दिलिप पौडेल रहेका छन्। त्यसैगरी जागिरबाट निकालिएका प्रकाश बम र चक्र कुँवर पनि पक्राउ परेका छन्। उनीहरुलाई महेन्द्र पुलिस क्लब प्रदर्शनीमार्गमा राखिएको छ। 

आफूहरुलाई सिंहदरबारस्थित रेडियो नेपालको परिसरबाट सोमबार दिउँँसो पक्राउ गरिएको महेन्द्र पुलिस क्लबमा रहेका पत्रकार दिलिप पौडेलले बताए। 

प्रकाशित: ३० भाद्र २०७६ ०९:०९ सोमबार

रेडियो_नेपाल पत्रकार पक्राउ सिंहदरबार