समाज

ज्ञानेन्द्र शाही थुनामुक्त

काठमाडौं - आफूलाई भ्रष्टनचनर विरोधी अभियन्ता दाबी गर्ने ज्ञानबहादुर(ज्ञानेन्द्र)शाहीलाई प्रहरीले हिरासतबाट थुनामुक्त गरेको छ।  आइतबार पत्रकार सम्मेलनबाटै नियन्त्रणमा लिएको प्रहरीले सोमबार थुनामुक्त गरेको ललितपुर प्रहरी प्रमुख एसएसपी टेकबहादुर राईले जानकारी दिए।

शाहीलाई सम्झाइ बुझाइ गरेर छोडिएको राइले बताए। उनले भने,' प्रजिअकाे कार्यकक्षमा शाहीलाई कानूनी कुरा सम्झाइ बुझाइ छाेडिएकाे हाे।'

शनिबार बेलुका नेपालगञ्ज विमानस्थलमा मन्त्री भट्टराईका कारण विमान ढिला उडेको भन्दै शाहीले जहाज भित्रै मन्त्रीविरुद्ध दुर्व्यवहार गरेका थिए।

प्रकाशित: ३० भाद्र २०७६ ०६:५७ सोमबार

ज्ञानेन्द्र_शाही थुनामुक्त