समाज

खुम्बुमा सयौं पर्यटक अलपत्र

सोलुखुम्बु– मौसम प्रतिकुलताका कारण खुम्बु पासाङल्हामू गाउँपालिका २ लुक्लास्थित तेन्जिङ हिलारी विमानस्थलमा उडान हुन नसक्दा खुम्बु भ्रमण सकेर फर्केका पर्यटकहरु अलपत्र परेका छन्।

पिक सिजनमा खुम्बु क्षेत्र भ्रमण सकेर करिब तीन सय पर्यटक उडानको पर्खाइमा रहेको नागरिक उड्ययन प्राधिकरण लुक्लाले जनाएको छ। प्राधिकरण प्रमुख इमनाथ अधिकारीले तीन दिनदेखि कुनै पनि उडान नभएको बताए। उनले भने, ‘हेलिकप्टरको समेत उडान रोकिएको छ। बाक्लो कुहिरो र पानीले गर्दा मौसम प्रतिकुल बनेको छ। भ्रमण सकेर राजधानी फर्कने सयौ पर्यटक लुक्लामै रोकिएका छन्।’

केही पर्यटक सल्लेरीसम्मको पैदल यात्रा तय गरे पनि त्यो संख्या निकै कम रहेको अधिकारीको भनाई छ। यो सिजनमा हजारौ पर्यटक खुम्बु भ्रमणका लागि आउने गर्दछन्। मौसम प्रतिकुलताले उडान प्रभावित हुँदा पर्यटक आवागमनमा समेत प्रभाव परेको छ। 

प्रकाशित: ३० भाद्र २०७६ ०४:३५ सोमबार

तेन्जिङ_हिलारी_विमानस्थल मौसम_प्रतिकुलता उडान_अवरुद्ध पर्यटक_अलपत्र