समाज

भारतमा नेपाली युवकको रोजगारी

काठमाडाैँ - रोजगारीका लागि भारतको बैङ्लोर गएका बैतडीको एक युवकको शनिबार राति पानीको ट्याङ्कीमा डुबेर मृत्यु भएको छ । मृत्यु हुनेमा बैतडीको पुर्चौडी नगरपालिकाका २४ वर्षीय भरत जोशी रहेका छन् ।

काम सकेर डेरामा फर्कने क्रममा जोशी लडेर ट्याङ्कीमा खसेको सुदूरपश्चिमेली नेपाली समाज कर्नाटक राज्यसमितिका संस्थापक अध्यक्ष लिलाधर कपाडीले जानकारी दिनुभयो ।

मृतक जोशी बैङ्लोरस्थित एक होटेलमा कार्यरत थिए । उनी एक महीनाअघि रोजगारीका लागि भारत गएका थिए ।

प्रकाशित: २९ भाद्र २०७६ १५:१६ आइतबार

नेपाली_युवक रोजगारी