समाज

पैसा झिकेर घर फर्कदा गोली हानी हत्या

लुटेरा समुहले चलाएको गोली लागि घटनास्थलमै मृत्यु भएका महेन्द्र कुर्मी । तस्बिरः माेहम्मद हबिब/नागरिक

बुटवल– रुपन्देहीमा लुटेरा समुहले चलाएको गोली लागि एक जनाको मृत्यु भएको छ। जिल्लाको ओमसतिया गाँउपालिकाका–५ का महेन्द्र कुर्मीको आज दिउँसो बैंकबाट रकम झिकेर फकर्दै गर्दा लुटेरा समुहको गोलीबाट मृत्यु भएको हो।

कुर्मीले भैरहवास्थित एक बैंकबाट रकम झिकेर घरतर्फ फर्कँदै गर्दा रोहीणी गाउँपालिका–३ मा लुटेरा समुहले गोली हानेको रुपन्देही प्रहरीले जनाएको छ। कुर्मीलाइ पिछा गर्दै दुइ जना मोटरसाइकलमा आएको र गोली हानेको बताइएको छ। कुर्मीको साथमा रहेको रकमसमेत लुटेर लगेको बताइएको छ। गोली हानेर उक्त समुह फरार रहेको र खोजी जारी रहेको प्रहरीले बताएको छ। अन्दाजी ४० बर्षका मृत्तक कुर्मीको बायाँ कुममा गोली लगोको छ। उनको घटनास्थलमै मृत्यु भएको हो।

प्रकाशित: २९ भाद्र २०७६ १०:४० आइतबार

लुटेरा_समुह गोली हत्या