काठमाडौँ - हुम्लामा भूकम्पको धक्का महशुस भएको छ। लिमी केन्द्रबिन्दु बनाएर ५ म्याग्नीच्यूडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । मापन केन्द्रअनुसार आइतबार बिहान १० बजेर ५४ मिनेट जाँदा भूकम्प गएको हो । भूकम्पबाट भएको क्षतिको केही विवरण आउन सकेको छैन। यसअघि गत भदौ ५ मा सोलुखुम्बुको गोली क्षेत्रलाई केन्द्रबिन्दु बनाएर ४ म्याग्नीच्यूडकोको भूकम्प गएको थियो।
प्रकाशित: २९ भाद्र २०७६ ०७:२० आइतबार