समाज

बागमती सिचाईं ब्यारेजमा महिलाको शव फेला

सर्लाही - दुई दिनअघि बागमती बजार आएकी मकवानपुरकी एक महिलाको शव शुक्रबार बागमती नदीको सिचाईं ब्यारेजमा फेला परेको छ। राईगाउँ गाउँपालिका–२ निवास बुद्धवीर पहरीकी श्रीमती ४५ वर्षीया सानुमाया पहरीको शव शुक्रबार दिउँसो फेला परेको हो।

प्रहरीका अनुसार गत बुधबार बागमतीतर्फ आउने क्रममा बाटोमा पर्ने स्थानीय विरुवा खोला तर्ने क्रममा बगेकी सानुमाया वेपत्ता भएकी थिइन्। बागमती नदीमा मिसिने उक्त खोलाले बगाएकी सानुमायाको शव सर्लाही र रौतहटको सिमा स्थित बागमती सिचाइँ आयोजनाको ब्यारेजमा फेला परेको हो। शुक्रबार नै परिवारजनले मृतकको शव बुझेर लगेको ईलाका प्रहरी कार्यालय हरिवनका प्रहरी निरीक्षक सुवाष भट्टराईले जानकारी दिए।

प्रकाशित: २७ भाद्र २०७६ १०:५९ शुक्रबार

सिचाईं_ब्यारेज शव