समाज

दुईवटा जीप पहिरोमा पुरिए, एक जनाको मृत्यु

पाल्पा - सिद्धार्थ राजमार्गको तिनाउ गाउँपालिका २, दोभान नागथान नजिकै माथिबाट खसेको पहिरोले दुई वटा सवारी साधन पुरेको छ। घटनामा परी  एक जनाको घटनास्थलमै मृत्यु भएको छ।

मृत्यु हुनेमा जीपका चालक कमल परियार छन्। पुरिएको जीपबाट ६ जनाको उद्दार गरिएको छ। पाल्पाबाट बुटवल हिँडेको लु २ च ५९३८ स्कारपियो र बुटवलबाट पाल्पातर्फ आउँदै गरेको लु १ ज २६१७ नम्बरको जिप पुरिएका हुन्।

घाइतेहरुलाई उपचारका लागि लुम्बिनी अस्पताल  बुटवलतर्फ लगिएको छ। पहिरोले अवरुद्ध सिद्धार्थ राजमार्ग सवारी संचालनका लागि प्रयास थालिएको दोभान प्रहरी चौकीले जनाएको छ।

प्रकाशित: २७ भाद्र २०७६ ०५:२४ शुक्रबार

जीप पहिरो मृत्यु