समाज

६ वर्षीया बालिकामाथि जवरजस्ती आरोपमा युवक पक्राउ

उदयपुर– उदयपुरकी एक ६ वर्षीया बालिकामाथि जवरजस्ती गरेको अभियोगमा युवक पक्राउ परेका छन्। ३ दिनअघि बालिकामाथि जवरजस्ती गरेको आरोपमा जिल्लाको कटारी नगरपालिका ३ राजाबासका १९ वर्षीय गणेश गिरी पक्राउ परेको प्रहरीले जनाएको छ। 

अबोध बालिकालाई गत २२ गते ललाईफकाई जवरजस्ती गरेको आरोपमा अघिल्लो दिन पीडितका आफन्तले दिएको उजुरी अनुसार गिरीलाई बिहीबार पक्राउ गरिएको इलाका प्रहरी कार्यालय कटारीले जनाएको छ। सुरुमा बालिकाले कसैलाई नभनीकन लुकाईराखेको घट्ना भोलिपल्ट विरामी परेपछि सोधपुछ गर्दा आमालाई बताएपछि सार्वजनिक भएको डिएसपी प्रेमसागर केसीले बताए। 

उनका अनुसार बालिकाले घट्नाबारे आमालाई जानकारी गराएलगत्तै प्रहरीमा खवर आएपछि बिहीबार विहानै गिरीलाई नियन्त्रणमा लिइएको हो। उनलाई इलाका प्रहरीकै हिरासतमा राखिएको छ। गिरीलाई बिहीबारै जिल्ला अदालतबाट म्याद थपेर थप अनुसन्धान अघि बढाइएको छ। 

प्रकाशित: २६ भाद्र २०७६ १४:५७ बिहीबार

बालिका बलात्कार पक्राउ उदयपुर