समाज

रौतहटमा झडप हुँदा गोली चल्यो

सांकेतिक तस्बिर

रौतहट– रौतहटको राजपुरमा बुधबार साँझ प्रहरीले गोली चलाएको छ। मुस्लिम समुदायको उत्साहको पर्वको रुपमा रहेको मोहर्रम मनाउने क्रममा केही मुस्लिम युवाले छठ घाटमा बनाएको मूर्ति भत्काएपछि दुई पक्षबीच झडप भएको थियो। 

मुहर्रम मनाउने समूहमा रहेका मुस्लिम अगुवाहरुले पनि स्थितिलाई सामान्य बनाउन निकै प्रयास गर्दा पनि तनावग्रस्त भएपछि राजपुर नपाको वार्ड नम्बर ६ मा स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले ६ राउन्ड गोली चलाएको हो। गोली चलेपछि दुवै पक्ष तितरबितर भएको र अहिलेस्थिति सामान्य रहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।

मुहर्रमको क्रममा जिल्ला प्रहरी कार्यालय रौतहटले व्यापक मात्रामा प्रहरी परिचालन गरेको थियो। अहिले पनि राजपुर क्षेत्रमा व्यापक मात्रामा सुरक्षाकर्मी परिचालन गरिएको छ।

प्रकाशित: २५ भाद्र २०७६ १३:५६ बुधबार

राैतहट गाेली_प्रहार