समाज

नीलगाई मृत फेला

जलेश्वर –महोत्तरीको मनरासिस्वा नगरपालिकामा आज जङ्गली जनावर नीलगाई मृतावस्थामा फेला परेको छ। जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक माधवप्रसाद बुढाथोकीका अनुसार वडा नं २ इटहर्वा गाउँको वनमा निलगाई मृतावस्थामा फेला परेको हो।

इटहर्वाको वनमा रहेको स्थानीय ललन सिंहको उखु बारीमा नीलगाई मृतावस्थामा फेला परेको हो। सो नीलगाईलाई प्रहरीचौकी मनराबाट खटी गएको टोलीले स्थलगत मुचुल्का तयार पारी सोही ठाउँमा खाल्डो खनेर गाडेको छ।(रासस)

प्रकाशित: २४ भाद्र २०७६ ०४:२३ मंगलबार

नीलगाई मृत