समाज

वडाध्यक्ष पक्राउ

ओखलढुंगा – ओखलढुंगामा अर्का वडाका वडा अध्यक्षमाथि कुटपिट गरेको आरोपमा चम्पादेवी गाउँपालिका–८ का वडा अध्यक्ष अजय लुइटेललाई प्रहरीले पक्राउ पक्राउ गरेको छ। लुइँटेल आइबार साँझ पक्राउ परेका हुन्।

वडा नं.७ का वडा अध्यक्ष सुरेश थापालाई कुटपिट गरेको आरोपमा लुइँटेललाई पक्राउ गरिएको ओखलढुंगा प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक पुष्पराज मल्लले बताए। उनिमाथि अनुसन्धान सुरु भएको प्रहरी नायब उपरिक्षक मल्लले जानकारी दिए। ७ नं. वडाका अध्यक्ष सुरेश थापालाई असार ३० गते कुटपिट गरेको आरोप छ।

थापाले गाउँपालिकामा काम गरिरहेको समयमा दिउँसो ३ बजे मादक पदार्थ सेवन गरेर आएका लुइँटेलले निहुँ खोज्दै कुटपिट गरेको भन्दै जिल्ला प्रहरी कार्यालय ओखलढुंगामा साउन १ गते थापाले लुइँटेलविरुद्ध प्रहरीमा उजुरी दिएका थिए। उजुरीपछि लुइँटेल सम्र्पकविहिन भएको प्रहरीले बताउँदै आएको थियो।

उनलाई पटकपटक कार्यालयमा छलफलका लागि आउन ताकेता गरे पनि अटेर गरेका थिए। लुइटेलविरुद्ध सार्वजनिक शान्तिविरुद्धको कुसरमा मुद्दा दर्ता भएको प्रहरीले जनाएको छ। लुइटेल नेपाली कांग्रेस र थापा तत्कालिन एकिकृत नेकपा माओवादी पार्टीबाट वडाध्यक्षमा निर्वाचित भएका हुन्।

प्रकाशित: २३ भाद्र २०७६ ०६:२३ सोमबार

वडाध्यक्ष पक्राउ कुटपिट