समाज

मापसे गरेर कुटपिट गरेको आरोपमा वडाध्यक्ष पक्राउ

ओखलढुंगा– ओखलढुंगामा अर्का वडाका वडाध्यक्षमाथि कुटपिट गरेको आरोपमा चम्पादेवी गाउँपालिका –८ का वडाध्यक्ष अजय लुइँटेललाई प्रहरीले पक्राउ पक्राउ गरेको छ। लुइँटेल आइबार साँझ पक्राउ परेका हुन्। 

वडा नं. ७ का वडाध्यक्ष सुरेश थापालाई कुटपिट गरेको आरोपमा लुइँटेललाई पक्राउ गरिएको ओखलढुंगा प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक पुष्पराज मल्लले बताए। उनीमाथि अनुसन्धान सुरु भएको जानकारी प्रहरी नायब उपरीक्षक मल्लले जानकारी दिए। ७ नं. वडाका अध्यक्ष सुरेश थापालाई असार ३० गते कुटपिट गरेको आरोप छ।

थापाले गाउँपालिकामा काम गरिरहेको समयमा दिउँसो ३ बजे मादक पदार्थ सेवन गरेर आएका लुइँटेलले निहुँ खोज्दै कुटपिट गरेको भन्दै जिल्ला प्रहरी कार्यालय ओखलढुंगामा साउन १ गते थापाले लुइँटेल विरुद्ध प्रहरीमा उजुरी दिएका थिए। उजुरीपछि लुइँटेल सम्र्पकविहीन भएको प्रहरीले बताउँदै आएको थियो। 

उनलाई पटकपटक कार्यालयमा छलफलका लागि आउन ताकेता गरे पनि अटेर गरेका थिए। लुइँटेलविरुद्ध सार्वजनिक शान्तिविरुद्धको कुसरमा मुद्दा दर्ता भएको प्रहरीले जनाएको छ। लुइँटेल नेपाली कांग्रेस र थापा तत्कालिन एकीकृत नेकपा माओवादी पार्टीबाट निर्वाचित वडाध्यक्ष हुन्। 

प्रकाशित: २३ भाद्र २०७६ ०३:५६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App