समाज

गौरादह नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत चढ्ने गाडीमा बम प्रहार

दमक - झापाको गौरादह नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सागर मिश्र चढ्ने गाडीमा बम प्रहार ‍भएको छ।  गौरादह नपा  ३ धोबिनेस्थित ईन्द्रबहादुर कट्वालको घरमा बस्दै आएका मिश्र चढ्ने बा २ झ २५७० नम्बरको सरकारी सेतो स्करपियो गाडीमा गएराति बम बिस्फाेट भएकाे हाे। घरको कम्पाउण्डभित्र पार्किङ गरेर राखेको अवस्थामा बम बिस्फोट भएको प्रहरीले जनाउकाे छ।

बिष्फोटबाट गाडीमा क्षति पुगेको छ। गाडीमा भएको बम बिस्फोटबाट घरको झ्यालको सिसाहरुमा समेत क्षति पुगेको ईलाका प्रहरी कार्यालय दमकले जनाएको छ। बिस्फोटको जिम्मेवारी कसैले लिएको छैन।

प्रकाशित: २३ भाद्र २०७६ ०१:२८ सोमबार

बिष्फोट बम