समाज

यात्रुबाहक बस दुर्घटना

टीकापुर - कैलालीको लम्कीचुहा नगरपालिका–१ अमौरीमा यात्रुवाहक बस दुर्घटना हुँदा ७ जना घाइते भएका छन। घाइतेमध्ये सबैको लम्कीस्थित लालरत्न अस्पतालमा उपचार भैरहेको छ। घाइतेको अवस्थामा सामान्य रहेको बताइएको छ।

टीकापुरबाट नेपालगञ्जतर्फ गैरहेको भेरी बागेश्वरी यातायातको ना ४ ख ७९७६ नम्बरको यात्रुबाहक बस आइतबार बिहान १० बजे दुर्घटना भएको इलाका प्रहरी कार्यालय लम्कीका प्रहरी निरीक्षक ज्ञानेन्द्र चन्दले जानकारी दिए। उनका अनुसार बसमा १६ जना यात्रु रहेका थिए।

यात्रुबाहक बस लम्की–टीकापुर सडकखण्डको अमौरी जंगलमा सडकभन्दा तल खसेको हो। बसका चालक दुर्घटना पश्चात सम्पर्कविहिन रहेको प्रहरी निरीक्षक चन्दले बताए।

प्रकाशित: २२ भाद्र २०७६ ०६:३३ आइतबार

यात्रुबाहक दुर्घटना