समाज

घरबाट खस्दा एकको मृत्यु, एक घाइते

भक्तपुर– भक्तपुरको क्वाछेें टोलमा शुक्रबार घरको तेस्रो तल्ला बाहिर प्लाष्टर गर्ने क्रममा बासको खट भाचिन गई खसेर एकजनाको मृत्यु भएको छ। घटनामा परी अर्का एकजना घाइते भएका छन्।

महानगरीय प्रहरी परिसर भक्तपुरका अनुसार गणेश सुवालको चार तल्ले पक्की घरको तेस्रो तल्ला बाहिर प्लाष्टर गर्ने क्रममा खट भाचिन गई लडेर भारत घर भई हाल काभ्रे जिल्ला बनेपा बस्ने बर्ष ५० को राजु अन्सारीको मृत्यु भएको छ। परिसरका सूचना अधिकृत रेवतीरमण पोखरेलले घटनामा परी काभ्रे जिल्ला बनेपामानै बस्ने वर्ष १८ को सहजात अन्सारी घाइते भएका छन्। उनको अवस्था गम्भीर रहेको उनले जनाए। घटनामा परी घाइते अन्सारीको थप उपचारको लागी ट्रमा सेन्टर काठमाण्डौ रिफर भएको जनाइएको छ।

घटना भएको भन्ने खवर प्राप्त हुनासाथ महानगरीय प्रहरी प्रभाग दरवार स्क्वायर भक्तपुरबाट प्रहरी टोली खटिई उद्धार कार्य गरी उपचारको लागी उनीहरुलाई भक्तपुर अस्पताल लगिएको परिसरले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जनाइएको छ।

प्रकाशित: २० भाद्र २०७६ १३:३५ शुक्रबार

घर छत मृत्यु