समाज

सुन्धारामा ट्रकको ठक्करबाट एकको मृत्यु

काठमाडौँ- सुन्धारामा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ।

काठमाडौँ महानगरपालिका–११ सुन्धारामा बिहीबार राति बा१ग २४५६ नम्बरको ट्रकको ठक्करबाट बा६८प ७५० नम्बरका मोटरसाइकलका चालक अर्घाखाँची बालारानी गाउँपालिका–९ का लेखबहादुर पुनको आज बिहान मृत्यु भएको हो।    

दुर्घटनामा गम्भीर घाइते पुनको उपचारका क्रममा राष्ट्रिय ट्रमा सेन्टरमा निधन भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ। दुर्घटनामा संलग्न ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।रासस     
 

प्रकाशित: २० भाद्र २०७६ १३:२३ शुक्रबार

ट्रक ठक्कर मृत्यु