समाज

खोलामा बेपत्ता तीन जना कै शव फेला

कपिलवस्तु- कपिलबस्तुको शुद्धोदन गाउँपालिका -६ स्थित मर्थी खोलको सन्तघाटमा सोमवार ११ बजेदेखि बेपत्ता भएका तीन जना कै शव फेला परेको छ। मंगलवार बिहान साढे ६ बजे तिर बेचन प्रसाद कोहारकी १५ बर्षिया छोरी ताराको शव सन्तघाट मै फेला परेको हो।

यस्तै घन श्याम रैदासकी ८  बर्षिया छोरी खुश्बु र कमलेश कोहारकी पत्नी तारावतीको शव सन्तघाटदेखि ढेड किमि उत्तर मनखोरियामा साढे ११ बजेतिर फेला परेको प्रहरी नायब उपरीक्षक सनिल मल्लले जानकारी दिए। तिनै जनाको शव खोलामा तैरिरहेको अवस्थामा भेटिएको थियो। हरितालिका तीज (कजरीके तीज ) को अवसरमा कपिलवसतुको  शुद्धोदन गाउँपालिका– ६ स्थित बेलभरियको स्थानीय मर्थी खोलाको सन्तघाटमा नुहाउन जाँदा उनीहरु बेपत्ता भएका थिए। बेपत्ता भए लगत्तै नेपाल र सशस्त्र प्रहरी तथा स्थानीयबासीको संयुक्त टोलीलेउनीहरुको खोजी गरेका थिए। सन्ताघाटमा ५ नजा नुहाउन गएका थिए। त्यस मध्ये ४ जना नदीमा बगेका थिए। त्यस मध्ये एक जनाले अर्को एक जनाको उद्दार गरेको प्रहरी नायब उपरीक्षक मल्लले बताए। उता तिजको बेला भएको घटनाले भेलभरिया गाउँ नै शोकमा डुबेको छ।

 

प्रकाशित: १७ भाद्र २०७६ ०८:३४ मंगलबार

खोला बेपत्ता मृत्यु