समाज

सर्पले डसेर किशोरीको मृत्यु

इलाम- विषालु सर्पले डसेर सूर्योदय नगरपालिकाको लक्ष्मीपुरमा एक किशोरीकोे मृत्यु भएको छ।

मृत्यु हुनेमा सूर्योदय नगरपालिका–१३ का टीका विसुङ्खे रहेको छ। गएराति घरमा सुतिरहेको अवस्थामा सर्पले डसेको थियो।

सर्पले डसेपछि उपचारका लागि लैजाने क्रममा झापाको चालआलीमा उनको मृत्यु भएको उनका छिमेकी विष्णु भट्टराईले जानकारी दिए।रासस 

प्रकाशित: १७ भाद्र २०७६ ०७:४५ मंगलबार

सर्प किशोरी मृत्यु