समाज

चट्याङ लागेर २३३ भेडा मरे

जाजरकोट- चट्याङ लागेर जाजरकोटमा २३३ भेडा मरेका छन्। कुशे गाउँपालिकाको पाटनमा शनिवारको हावाहुरीसँगै लागेको चट्याङका कारण २५२ भेडा मरेका हुन्। 

जिल्ला प्रहरी कार्यालय जाजरकोटका अनुसार चट्याङले धेरै भेडा मरेपछि कुशेका किसान चिन्तित बनेका छन्। यहाँका किसानको आम्दानीको प्रमुख स्रोत भेडा पालन व्यवसाय हो। 
कुशे गाउँपालिकाका किसान, व्यावसायिकरूपमा भेडा पालेर जीविका चलाउँदै आएका छन्। भेडा मरेपछि परिवारको घरखर्च चलाउन समस्या हुने कुशे गाउँपालिका–८ कफल्लाका दुर्गबहादुर रोकायले बताए। रासस

प्रकाशित: १६ भाद्र २०७६ १६:२८ सोमबार

चट्याङ भेडा