समाज

खोलाले बगाउँदा युवक बेपत्ता, एक महिला मृत फेला

ओखलढुंगा– खोलाले बगाउदा एक जना युवा बेपत्ता भएका छन्। सिद्धिचरण नगरपालिका–४ रुम्जाटारका ३७ वर्षीय सानोकाजी ठटाल ठोट्ने खोलाले बगाउँदा बेपत्ता भएका हुन्।

आइतबार अपराह्न साढे ५ बजे गाई पु¥याउन चिसंखुगढी गाउँपालिका–८ माम्खा हिँडेका ठटाल खोला तर्ने बेलामा बगाएको थियो। ठटालसँगै बगाएको गाई घटनास्थल भन्दा करिब एक सय मिटर तल सकुशल फेला परेको स्थानीयले बताएका छन्। ठटाल अझै फेला पार्न नसकिएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रहरी निरीक्षक राजिब श्रेष्ठले जानकारी दिए।

यसैबीच चिशंखुगढी गाउँपालिका–२ पोखरेमा एक जना महिला मृत अवस्थामा फेला परेकी छिन्। स्थानीय ६८ वर्षीय मंगलकुमारी श्रेष्ठ देविस्थान नजिकको भीरमा मृत अवस्थामा फेला परेकी हुन्। मानसिक सन्तुलन ठिक नभएकी श्रेष्ठ शनिबार विहानदेखि घरबाट बेपत्ता भएका थिए। भिरबाट लडेर मृत्यु भएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुसन्धान बाट खुलेको छ। घटनाका विषयमा थप अनुसन्धान भईरहेको प्रहरी निरिक्षक श्रेष्ठले जनाएका छन्।

प्रकाशित: १६ भाद्र २०७६ १२:५७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App